काठमाडौँ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भोली (पुस २२ गते), बिहीबार बुकक्लोज गर्दैछन्। तसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न र यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ।
त्यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ।