Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से सूचक सामान्य अंकले बढ्यो

नेप्से सूचक सामान्य अंकले बढ्यो

दैनिकी न्यूज

१४, पौष २०७८
नेप्से सूचक सामान्य अंकले बढ्यो
images

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ।

यस दिन नेप्से ५.५१ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा किनबेच भएका छन्।

१३ मध्ये व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहबाहेक अरुको सूचक हरियो भएको छ।

आज नेपाल बंगलादेश बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाउँदा अन्य लगानीकर्ताले कम कमाएका छन्।

गुमाउने लगानीकर्ताले प्रतिकित्ता सेयरमा अधिकतम ३।३९ प्रतिशतसम्म गिरावट व्यहोरेका छन्।

आज पनि हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५२ करोड रुपैयाँको कारोबार भएको छ। 

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - १६:००:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology