काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ। आज बजार २.६६ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय १८.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ अंकले घटेर ४७०.९८ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको कारोबार भएको छ।
मंगलबार उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.९१ प्रतिशतले बढेको आज व्यापार समूहमा ०.६४ प्रतिशत, विकास बैंक समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०७ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतले बढेको छ । आज लघुवित्त समूह सर्वाधिक ०.५४ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.५१ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.३५ प्रतिशत, वित्त समूह ०.३१ प्रतिशत, जीवन बीमा समूह ०.२७ प्रतिशत, म्युचुअल फन्ड ०.४६ प्रतिशत र लगानी समूह ०.४७ प्रतिशतको गिरावट आएको छ।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक २६ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २५ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस्तै नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ५९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ८१ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ५ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
मंगलबार मध्य भोटेकोशी शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडविल फाइनान्सको ४.२८ प्रतिशतले बढेको छ।
यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ६.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.८८ प्रतिशत र युनाइटेड इदि मर्दी हाइड्रोपावरको ४.८८ प्रतिशतले घटेको छ ।