Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मंगलबार दुई सय रुपैयाँले घट्यो सुनको भाउ

मंगलबार दुई सय रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

१३, पौष २०७८
मंगलबार दुई सय रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रति तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । 

गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तर, चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबारमा छ । सोमबार १२५० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ११:०८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology