काठमाडौँ। कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांशसहित कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर चितवनमा पुस ३० गते शुक्रबार हुने भएको छ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र बोनस प्राप्त सक्नेछन ।