Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नबिल बैकले बोलायो साधारणसभा, कहिले होला त बुक क्लोज ?

नबिल बैकले बोलायो साधारणसभा, कहिले होला त बुक क्लोज ?

दैनिकी न्यूज

९, पौष २०७८
नबिल बैकले बोलायो साधारणसभा, कहिले होला त बुक क्लोज ?
images

काठमाडौँ। नबिल बैंकले बार्षिक साधारण सभा बोलाएको छ । बैंकले पुस ३० गते शुक्रबार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ ।

बैठकमा लाभांश लगायतका विभिन्न प्रस्ताव प्रस्तुत गरिने छ । बैंकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ दशमलव ४० प्रतिशत नगद र कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । यो वर्ष नबिलले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ ।

बैंकले बार्षिक साधारण सभाको प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - १२:१५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology