काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार १०० रुपैयाँमा झरेको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको भाउ समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला १२ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।