काठमाडौँ। आरएमडिसी माइक्रोफाइनान्स ले आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
माइक्रोफाइनान्सले पुस ३० गते बिहान ११ बजे अमृतभोग क्याटरिङ कालिकास्थानमा साधारणसभा बोलाएको छ ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश स्वीकृत गर्नेछ ।
सञ्चालक समितिले लघुवित्तलाई अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने/प्राप्त गर्ने सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।
लघुवित्तले पुस १८ गते साधारण सभा तथा लाभांशको प्रयोजनका लागि बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।