Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

दैनिकी न्यूज

७, पौष २०७८
सुनको मूल्य घट्दा  चाँदी भने बढ्यो
images

काठमाडौँ। सुनको मूल्य लगातार दोश्रो दिन पनि घटेको छ । आज बुधबार सुन तोलामा ४०० रुपैयाँले घटेको हाे ।


यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार  पनि सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य पछिल्लो दुई दिनमा एक हजार २०० रुपैयाँले घटेको  छ ।

बुधबार चाँदीको मूल्य भने बढेको  छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेको छ  । महासंघका  अनुसार आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच भैरहेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो  ।

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ११:४८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology