काठमाडौँ। हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद (करसहित) कुल १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैबीच, कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । लाभांश वितरणको प्रस्ताव सभामा पेस हुनेछ । सञ्चालक समितिमा पाँच जना सञ्चालक चयन गर्ने र कम्पनीको नियमावली परिमार्जन गर्ने एजेण्डा पनि रहनेछ ।
बैठक बिहान १० बजेदेखि वीरगन्ज नगरपालिकाको लिपानीबिर्तामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सुरु हुनेछ । हिमालयनले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ पुष १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैठकमा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।