Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सिभिल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

सिभिल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

६, पौष २०७८
सिभिल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?
images

काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

यो बैैंकले दिएको लाभांश गत वर्षको भन्दा भन्दा कम हो । गत वर्षको नाफाबाट यो बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

सिभिलले लाभांश घोषणा गरेसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत सबै बाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । 

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ०७:०४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology