Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

दैनिकी न्यूज

५, पौष २०७८
नेप्सेमा  दुई कम्पनीको शेयर मूल्य समायोजन
images

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

हाइड्रो इलेक्टि्रसिटी इन्भेष्टमेण्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र साना किसान माइक्रोफाइनान्सको बार्षिक साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि सोमबार शेयर मूल्य समायोजन भएको छ ।

यी कम्पनीको बुक क्लोजपछि नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य २४८ रुपैया ३३ पैसा तोकिएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रतिशेयर २६८ रुपैयाँ २० पैसा रहेको थियो ।


त्यस्तै, साना किसान माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजनपछि शेयरको मूल्य प्रतिशेयर रु. १,१७६ रहेको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य रु. १४७० रहेको थियो।

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - १०:०९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology