काठमाडौँ। आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। साधारणसभा लागि पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको मूल्य समायोजन भएको हो ।
पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
आइतबार प्रभु बैंकको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २९४.७३ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता ३३०.१० रूपैयाँ रहेको थियो ।
त्यस्तै, यस दिन सनराइज बैंकको ६.६५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २५४.१० कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २७१ रूपैयाँ रहेको थियो ।
मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३३.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६० रूपैयाँ रहेको थियो ।