काठमाडौं । भोलि आइतबार शेयर कारोबार बन्द रहने भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार सरकारले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएपछि आइतबार शेयर बजार पनि बन्द रहने भएको हो ।
उपत्यका बाहिर भने सरकारले सम्बन्धित समुदायका लागि मात्रै बिदा दिने निर्णय गरेको छ । नेपालमा शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेक हरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । पूर्ण अनलाइन कारोबार हुदै गर्दा पनि सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि नेपाल स्टक एक्सचेञ्जले बजार बन्द गर्दै आएको छ ।