Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश , कति छ त बोनस सेयर र नगद लाभांस ?

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश , कति छ त बोनस सेयर र नगद लाभांस ?

दैनिकी न्यूज

२, पौष २०७८
सेञ्चुरी बैंकले घोषणा गर्यो  लाभांश , कति छ त बोनस सेयर र नगद लाभांस ?
images

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरहोल्डरलाइ दिने लाभांस घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस २ गते, शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले प्रतिशत ५.२५ बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५० लाभांश वितरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - १३:११:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology