Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बुधबार सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

बुधबार सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

दैनिकी न्यूज

२९, मंसिर २०७८
बुधबार सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर
images

काठमाडौँ। बुधबार सुनको मूल्यमा गिरावट आएको छ। बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै यस दिन तेजाबी सुनको मूल्य पनि घटेको छ। यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । अघिल्लो कारोबार दिन मंगलबार भने सुन तोलामा ३०० रुपैयाँले बढेको थियो । सो दिन छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिदब्रिकी भएको थियो ।

बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँ रहेको छ । मंगलबार भने चाँदी एकैदिन ताेलामा २० रूपैयाँले वृद्धि भएर प्रतिताेला एक हजार २१० रूपैयाँ पुगेकाे थियाे ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १३:०८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology