Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्से २३०० विन्दुमुनि, लगानीकर्ताको सम्पत्ति १२ खर्ब बढीले घट्यो

नेप्से २३०० विन्दुमुनि, लगानीकर्ताको सम्पत्ति १२ खर्ब बढीले घट्यो

दैनिकी न्यूज

२८, मंसिर २०७८
नेप्से २३०० विन्दुमुनि, लगानीकर्ताको सम्पत्ति १२ खर्ब बढीले घट्यो
images

काठमाडौं । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको छ ।

सोमवार नेप्से परिसूचक २ हजार २८१ दशमलव ६७ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक उच्च अंकबाट ९१६ दशमलव ९३ अंकले घटिसकेको छ । यस बीचमा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको छ ।

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण हालसम्मकै उच्च रू। ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । सोमवार यो रकम रू। ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ । 

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०७:३७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology