Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आँधिखोला लघुवित्तले गर्यो लाभांश घोषणा

आँधिखोला लघुवित्तले गर्यो लाभांश घोषणा

दैनिकी न्यूज

२७, मंसिर २०७८
आँधिखोला लघुवित्तले गर्यो लाभांश घोषणा
images

काठमाडौँ। आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। १९ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - १३:२८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology