Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मिथिला लघुवित्तले प्रस्ताव गर्यो लाभांश

मिथिला लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२६, मंसिर २०७८
मिथिला लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ६३ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - १४:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology