काठमाडौँ। चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयर धनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताब गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस भन्दा अघिल्लो पटक अर्थात आर्थिक बर्ष २०७६ /७७ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस वितरण गरेको थियो।
हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख २८ हजार ३९ हजार ६३२ रुपैयाँ छ ।
कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।