Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मन्जुश्री फाइनान्सले पस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

मन्जुश्री फाइनान्सले पस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

२४, मंसिर २०७८
मन्जुश्री फाइनान्सले पस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?
images

काठमाडौं । मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १३:२४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology