काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला १हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।