Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार बढ्यो सुनचांदीको मूल्य

बुधबार बढ्यो सुनचांदीको मूल्य

दैनिकी न्यूज

२२, मंसिर २०७८
बुधबार बढ्यो सुनचांदीको मूल्य
images

काठमाडौँ। आज बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रति तोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस दिन छापावाल सुन प्रतितोला ५०० रुपैयाले बढेर ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको भाउ पनि बढेको भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार भने चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - १३:५०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology