काठमाडौँ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुकक्लोज गर्ने भएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
कम्पनीले पुस २२ गते, बिहीबार आफ्नो केन्द्रिय कार्यालय, हात्तीसारमा दशौँ वार्षिक साधारण सभा डाकेको छ ।
बिहान ९ बजे भर्चुअल रुपमा शुरु हुने उक्त सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।