Logo

शनिवार, आश्विन २४ गते २०८३

images

२३ ओटा बैंकले गरे लाभांश घोषणा : कसको कति लाभांश ?

२३ ओटा बैंकले गरे लाभांश घोषणा : कसको कति लाभांश ?

दैनिकी न्यूज

२०, मंसिर २०७८
२३ ओटा बैंकले गरे लाभांश घोषणा : कसको कति लाभांश ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  ओटा वाणिज्य बैंकमध्ये हालसम्म २३ ओटा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।     
     
बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयर लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारण  सभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारण सभाको तयारीमा छन् ।     
     
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने बताएको छ । नबिलले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबिआइ बैंकले सबैभन्दा कम ३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद गरी जम्मा ५ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।     
     
त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९ प्रतिशत नगदसहित १७ दशमलव ८९, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन ।

नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस तथा तीन दशमलव ३८ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा ३ दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।     
     
लाभांश घोषणा गरेको एनएमबि बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर तथा ३ दशमलव ३ प्रतिशत नगदसहित १५ दशमलव ८  प्रतिशत, एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८ प्रतिशत नगद गरी १५ दशमलव ७८, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माछापुछ्रे बैंकले १३ दशमलव ३ बोनस तथा शून्य दशमलव ७ प्रतिशत नगदसहित १४ प्रतिशत , बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैैंकले १० प्रतिशत बोनस तथा ३ दशमलव ५ प्रतिशत नगदसहित १३ दशमलव ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव शून्य ६ प्रतिशत नगद गरी १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।       
 प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ ।

१० प्रतिशत बोनस तथा २ दशमलव शून्य ७ नगदसहित १२ दशमलव शून्य ७ प्रतिशत मेगा बैंकले आफ्ना शेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा ३ दशमलव ५ नगद गरेर ११ दशमलव ५ प्रतिशत, एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद, कुमारी बैंककले छ प्रतिशत बोनस तथा २ दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराईज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।     
     
अब शेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन् । घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् ।

लाभांश घोषणा गरेकामध्ये १४  ओटा बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को समय तोकेकामा ११ ओटा  बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ । रासस

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ११:०७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology