Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो जनउत्थान सामुदायिक लघुवित्तले लाभांश ?

कति प्रस्ताव गर्यो जनउत्थान सामुदायिक लघुवित्तले लाभांश ?

दैनिकी न्यूज

२०, मंसिर २०७८
कति प्रस्ताव गर्यो जनउत्थान सामुदायिक लघुवित्तले लाभांश ?
images

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सेयरपुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँको कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ११:०४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology