Logo

शनिवार, आश्विन २४ गते २०८३

images

३३ किलो सुनका फरार एक अभियुक्त पक्राउ

३३ किलो सुनका फरार एक अभियुक्त पक्राउ

दैनिकी न्यूज

१९, मंसिर २०७८
३३ किलो सुनका फरार एक अभियुक्त पक्राउ
images

काठमाडौं । प्रहरीले ३३ किलो सुनकाण्डका फरार अभियुक्त कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको छ । आइतबार एक विज्ञप्ति जगर्दै प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरिएका अग्रवाललाई पक्राउ गरिएको जानकारी दिएको हो । 

'सन्जिव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेतीसमेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरू मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो,' प्रहरीले भनेको छ । अग्रवालविरुद्ध जिल्ला अदालत मोरङबाटसमेत वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट अग्रवालविरुद्ध रेड नोटिस जारी भएको थियो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट उक्त अभियोगमा कारबाही गर्ने गराउने प्रयोजनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - २०:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology