काठमाडौं । महालक्ष्मी बिकास बैंकले गत आर्थिक बर्ष २०७७–७८ को लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद रहेको छ।
महालक्ष्मी विकास बैंकले चुक्तापुंजी ३ अर्ब ३४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ६६ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी २० औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।