काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) र मेरो माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि भोली बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
निफ्राले मङ्सिर २९ गते अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरे को छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। कम्पनीले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ। धितो