Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन लाभांश प्रस्ताव गर्ने जीवन बीमा कम्पनीहरु

यी हुन लाभांश प्रस्ताव गर्ने जीवन बीमा कम्पनीहरु

दैनिकी न्यूज

६, मंसिर २०७८
यी हुन लाभांश प्रस्ताव गर्ने जीवन बीमा कम्पनीहरु
images

काठमाडौं । सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव सार्वजनिक गर्ने क्रम चलिरहँदा हालसम्म ६ ओटा जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् ।

एशियन लाईफ, रिलायन्स लाईफ, प्राइम लाईफ, सूर्या लाईफ र गुराँस लाईफले लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन् । यी मध्ये गुराँस लाईफले आर्थिक वर्ष ०७५र७६ को लाभांश सार्वजनिक गरेको हो भने बाँकी कम्पनीले आर्थिक वर्ष २०७६–७७ को लाभांश सार्वजनिक गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको बीमांकीय मूल्यांनका लागि भारतनै जानुपर्ने हालसम्मको बाध्यात्मक अवस्था र सो पश्चात मात्र लाभांश प्रस्ताव गर्न सकिने भएकाले एक वर्ष पुरानो लाभांश अहिले सार्वजनिक भइरहेको हो ।

गुराँस लाईफले पनि सोही कारण गत वर्षनै पारित गर्नुपर्ने लाभांश अहिले पारित गर्न लागेको छ । गुराँस लाईफ इन्स्योरेन्सले साउन २४ गतेको सञ्चालक समितिको बैठकले गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश प्रस्ताव मंसिर १० गते वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा गुराँस लाईफले ५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७६–७७ को लाभांश सार्वजनिक गर्ने पाँच कम्पनीहरुमध्ये प्राइम लाईफ इन्स्योरेन्सले मंसिर १९ गते साधारण सभा गर्दैछ । उक्त सभाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल प्राइम लाईफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार छ ।

यस वर्ष लाभांश सार्वजनिक गर्ने जीवन बीमा कम्पनीहरुमा एशियन लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू। २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, यो वर्ष सूर्या लाईफले १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू। २ अर्ब २६ करोड २८ लाख ९४ हजार रहेको छ ।

हालसम्म लाभांश सार्वजनिक गर्ने ६ ओटा जीवन बीमा कम्पनीहरुमध्ये दुई कम्पनी भने नयाँ जीवन बीमा कम्पनी रहेका छन् । रिलायन्स लाईफ र ज्योति लाईफले पनि लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका हुन् । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २०ं करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

ज्योति लाईफले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारणमा २०७७ साल फागुन २१ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरी २०७७ साल चैत १३ गते बाँडफाँट गरेको थियो । त्यस्तै, रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत रकम छुट्याएको जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । आर्थिक अभियानबाट 

 

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०४:३९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology