Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन लाभांश घोषणा गर्ने १६ वाणिज्य बैंक, कुन बैकको कति ?

यी हुन लाभांश घोषणा गर्ने १६ वाणिज्य बैंक, कुन बैकको कति ?

दैनिकी न्यूज

२०, कार्तिक २०७८
यी हुन लाभांश घोषणा गर्ने १६ वाणिज्य बैंक, कुन बैकको कति ?
images

काठमाडौं । गत आर्थिक वर्ष २०७७–०७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने १६ वाणिज्य बैंकहरु माध्ये नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । नबिल बैंकले मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३.६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४.४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको तयारी गरेको हो ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानु अघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ । हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत, नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत, सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०।७९ प्रतिशत नगद गरि कुल १५।७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै एनएमबि बैंकले हाल कायम चुक्ता पुंजीको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रहेको छ ।

यी बैंकमध्ये कतिको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ भने कतिको स्वीकृत हुन बाँकी छ । कतिको साधारण सभा समेत सम्पन्न भैसकेको छ ।

अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र सनराइज बैंकको लाभांश घोषणा हुन् बाँकी छ ।

बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ ।

यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

images
प्रकाशित मिति :कार्तिक २०, २०७८ शनिवार - ०६:३८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology