Logo

शनिवार, आश्विन २४ गते २०८३

images

४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१६, कार्तिक २०७८
४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत
images

काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

महुली लघुवित्त वित्तीय संस्था,उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था,जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

महुलीको ३ लाख ७३ हजार २४० कित्ता, उन्नति सहकार्यको २ लाख ६६ हजार ३३० दशमलव ५६ कित्ता, जनउत्थानको ३ लाख ९१ हजार २४८ कित्ता र नेको इन्स्योरेन्सको २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

ती चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले विक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १६:२४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology