Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई कम्पनीले घोषणा गर्यो लाभांश, कुन कम्पनीको कति ?

दुई कम्पनीले घोषणा गर्यो लाभांश, कुन कम्पनीको कति ?

दैनिकी न्यूज

१५, कार्तिक २०७८
दुई कम्पनीले घोषणा गर्यो लाभांश, कुन कम्पनीको कति ?
images

काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स र शाइन रेसुङ्गा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

ज्याति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - १०:२६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology