Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

१४, कार्तिक २०७८
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज ५५ दशमलव ५० अंकले बढेर २ हजार ८ सय ३७ दशमलब ६१ विन्दुमा आएर कारोबार बन्द भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । प्रतिशतका आधारमा सबैभन्दा विकास बैंक समूहको बृद्धि भएको छ भने रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा ६०३ रुपैयाँको बृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस उर्जा लिमिटेड, रैराङ हाइड्रोपावर कमपनी, कामना सेवा विकास बैंक, सानिमामाई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आइतबार एभरेष्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ भने बेष्ट फाइनान्सको २.२२ प्रतिशत, जीवन विकास लघुवित्तको १.३३ प्रतिशत, नविल बैंकको १.१३ प्रतिशत, कृषि विकास बैंकको १.१२ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.०७ प्रतिशतले घटेको छ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँको कारोबार भएको हो । 

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १५:२१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology