काठमाडौं । आइतबार चार कम्पनीले लाभांश घोषण गरेको छ । लाभांश घोषणा गर्नेका एक वाणिज्य वैंक, एक विकास बैंक, एक लघुवित्त कम्पनी र एक इन्स्योरेन्स कम्पनी रहेका छन् ।
एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रहेको छ ।
त्यस्तै मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ रुपैयाँ कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १७.५७५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने ५३ करोड ८७ लाख ५६ हजार ०.९२५ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको कात्तिक १३ गते शनिबार सम्पन्न सञ्चालक समितिको १२० औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तको २०७८ असार मसान्तसम्म चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ छ । यसअनुसार २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बरबरको बोनस शेयर वितरण गर्नेछ । प्रस्तावित ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको कार्तिक १३ गते शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ रहेको छ । प्रस्तावित २८ करोड ७३ लाख ८७ हजार ६०० रुपैयाँ बोनस शेयर वितरण पश्चात सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२६ रुपैयाँ पुग्नेछ । सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।