Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन लाभांश घोषणा गर्ने १४ वाणिज्य बैंक, कुन बैकको कति ?

यी हुन लाभांश घोषणा गर्ने १४ वाणिज्य बैंक, कुन बैकको कति ?

दैनिकी न्यूज

१४, कार्तिक २०७८
यी हुन लाभांश घोषणा गर्ने १४ वाणिज्य बैंक, कुन बैकको कति ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७–७८ को मुनाफबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

यी मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले गरेको छ भने सबैभन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ ।

हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत, नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत, सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रैतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यी बैंकमध्ये कतिको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ भने कतिको स्वीकृत हुन बाँकी छ । कतिको साधारण सभा समेत सम्पन्न भैसकेको छ ।

अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र सनराइज बैंकको लाभांश घोषणा हुन् बाँकी छ ।

बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ ।

यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०७:१७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology