Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब ग्यासको मूल्य १५ सय

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब ग्यासको मूल्य १५ सय

दैनिकी न्यूज

१३, कार्तिक २०७८
पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब ग्यासको मूल्य १५ सय
images

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ रुपैयाँ प्रति लिटर भएको छ । त्यस्तै, मट्टितेल र डिजेलको मूल्य ११६ रुपैयाँ बनाएको निगमले जनाएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा ५० रुपैयाँले वृद्धि गरि एक हजार पाँच सय रुपैयाँ बनाएको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू। १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु। ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

आर्थिक वर्ष २०७६र७७ मा १२ अर्ब ८७ करोड नाफा गरेको नेपाल आयाल निगम त्यसको ठिक एक वर्षपछि ठूलो परेको जनाएको छ । अहिले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेलमा १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रुपैयाँ ५६ पैसा र प्रतिसिलिण्डर ग्यासमा ५११ रुपैयाँ ८८ पैसा घाटा भइरहेको निगमले जनाएको छ ।

आगामी १५ दिन यो मूल्य कायम रहँदा पेट्रोलमा ४० करोड ५३ लाख, डिजेलमा एक अर्ब ९ करोड र हवाई इन्धनमा ११ करोड रुपैयाँ नोक्सानी रहेको छ । ग्यासमा १५ दैनिक ७५ करोड ७० लाख गरेर कुल घाटा २ अर्ब ३६ करोड २३ लाख रुपैयाँ रहेको छ । निगमका अनुसार नोक्सानी १५ दिनमै २ अर्ब २ करोड ६ लाख कायम हुनेछ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०७:१५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology