एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज (कात्तिक १२ गते) बसेको संचालक समितिको बैठकले ६% बोनस सेयर र कर प्रयोजन सहित ४.४०% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।
