Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

९, कार्तिक २०७८
बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार ४२९ रुपैयाँ रहेको छ। 

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - ११:५६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology