Logo

शनिवार, आश्विन २४ गते २०८३

images

लुम्बिनी विकास बैंकले गर्यो लाभांसको घोषणा

लुम्बिनी विकास बैंकले गर्यो लाभांसको घोषणा

दैनिकी न्यूज

९, कार्तिक २०७८
लुम्बिनी विकास बैंकले  गर्यो लाभांसको घोषणा
images


लुम्बिनी विकास बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।


कात्तिक ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद लाभांश गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।


उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी २अ र्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। १० प्रतिशतका दरले २९ करोड ६ लाख ४५ हजार ३५४ रुपैयाँ ९६ पैसा बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १९ करोड ७० लाख ९८ हजार ९०४ रुपैयाँ ५० पैसा पुग्नेछ।

bonus-lbbl.jpg

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १०:५४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology