काठमाडौं । सोबार नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ। १४ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।
त्यस्तै सिद्धार्थ बैंकले पनि गत वर्षको लाभांश घोषणा गरेको छ । सिद्धार्थ बैंकले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सिद्धार्थले हाल कामय १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।