Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिँदैछ बोनस ?

नेपाल बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिँदैछ बोनस ?

दैनिकी न्यूज

८, कार्तिक २०७८
नेपाल बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिँदैछ बोनस ?
images

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ। १४ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - १३:०८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology