Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

८, कार्तिक २०७८
सुनको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार सुनको भाउ तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ १२ सय ६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ६५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - १३:०३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology