Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सानिमा र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

सानिमा र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

७, कार्तिक २०७८
सानिमा र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७७–७८ को बोनस सेयरका लागि सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता सानिमाको ४१७.७८ रुपैयाँ र माछापुच्छ्रेको ३२२.०७ रुपैयाँ कायम गरेको छ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सानिमाको ४८८.८० रुपैयाँ र माछापुच्छ्रेको ३६४.९० रुपैयाँ कायम भएको थियो।

अब समायोजित मूल्यअनुसार नै दुवै बैंकको सेयर कारोबारमा आउनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यी दुवै बैंकले आज कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ गत कात्तिक ४ गते (कात्तिक ५ गते शुक्रबार र कात्तिक ६ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - १०:२३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology