काठमाडौं । दुई वाणिज्य बैंकसहित ३ ओटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
माछापुच्छ्रे बैंक, सानिमा बैंक र सांग्रिला डेभलपमेण्ट बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती कम्पनीहरुले सभा प्रयोजनका लागि बुक क्लोजको मितिसमेत तय गरिसकेका छन् ।
बुक क्लोजको मितिको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरु मात्र ती कम्पनीहरुको लाभांश प्राप्त गर्न योग्य हुने छन् । सांग्रिला डेभलपमेण्ट बैंकले कात्तिक १६ गतेको लागि आव्हान गरेको १७औं वार्षिक साधारण सभाका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने भएको हो ।