काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्ष २०७७–७८ को नाफाबाट १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि बैंकले ११.२४ प्रतिशत बोनस सेयर ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
अब बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।