Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ई–टीडीएसमा परिवर्तन

ई–टीडीएसमा परिवर्तन

दैनिकी न्यूज

३, कार्तिक २०७८
ई–टीडीएसमा परिवर्तन
images

काठमाडौं । आन्तरिक राजस्व विभागले आम व्यवसायी करदातालाई राहत मिल्ने गरी ई–टीडीएससम्बन्धी हालको प्रणालीमा परिवर्तन गरेको छ । कर कार्यालय धाएर ई–टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैले ई–टीडीएस गर्न सक्ने गरी विभागले नयाँ प्रणाली लागू गरेको हो ।

विभागका अनुसार अब विथहोल्डिङ एजेन्ट (टीडीएस काट्ने कम्पनी) ले विथहोल्डी (टीडीएस काटिने) को प्यान नम्बर पेश गर्न सक्नेछ । यसअघि ई–टीडीएस गर्न कर कार्यालयमा विथहोल्डिङ एजेन्टले निवेदन दिनुपर्थ्यो ।


ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर विवरण बुझाउनसमेत समस्या रहेको थियो । विभागले यो समस्या समाधान गर्न प्रणाली परिवर्तन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् । यो समाचार आर्थिक अभियानदैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - ०७:५०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology