काठमाडौं । शेयर बजारको पहिरो थामिएको छैन । बैंकहरूले ब्याजदर बढाएसँगै प्यानिक सेलमा लगानीकर्ता उत्रिँदा नेप्से सूचक १०० अंकले घटेको हो ।
वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो ।
बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याइसकेका छन् ।
निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साँढे १ बजेसम्ममा १०२.१६ अंकले घटिसकेको छ ।
यस अवधिसम्म २ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।