Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल बंगलादेश बैंकले घोषणा गरेको नगद लाभांश यस्तो छ

नेपाल बंगलादेश बैंकले घोषणा गरेको नगद लाभांश यस्तो छ

दैनिकी न्यूज

२४, आश्विन २०७८
नेपाल बंगलादेश बैंकले घोषणा गरेको नगद लाभांश यस्तो छ
images

काठमाडौं । नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुनेछ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १०:१४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology