Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश दिने

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश दिने

दैनिकी न्यूज

२४, आश्विन २०७८
शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश दिने
images

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक २०७७–०७८ वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले प्रस्तावित लाभांश वितरण गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले कात्तिक १६ गते छैटौं वार्षिक साधारण सभा डाकेको हो। होटल सोल्टीमा बोलाइएको सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीलाई कम्पनीले भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन आग्रह गरेको छ। यसका लागि कम्पनीले जुम आईडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था गरेको छ। 

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १०:०८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology